Print this page

नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने पक्राउ

67277220 1869341259835304 4878786345188720640 n

 

जिल्ला प्रहरी कार्यालय, कास्की
प्रेस बिज्ञप्ति

नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने पक्राउ
मिति २०७६।०४।०७ गते जिल्ला मोरङ बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी न.पा. वडा नं. ७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक बर्ष २८ को राकेश कुमार कानोडियाले उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलको एक कोठामा ल्याई नाबालिकाले प्रयोग गरेको मोबायल समेत नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोली खटिई गई निज नाबालिकाको उद्दार गरी अविभावकको जिम्मा लगाईएको छ । निज नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखी जबरजस्ती करणी समेत गर्ने कार्यमा संलग्न राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाइएको छ ।
बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता गरिएको

मिति २०७६।०४।०८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्कबाट पोखरा - ३३ बागमारा तर्फ गईरहेको ना ६ ख ८४१२ नं. को यात्रु बाहक बसमा नगद २ लाख सहितको झोला छुटेको जानकारी तत्काल प्रहरीलाई गराएकोमा उक्त नम्बरको सवारी साधनलाई रोकी चेकजाँज गरी नगद रहेको झोला फेला पारी सम्बन्धित धनी पोखरा - ३३ बस्ने शान्ति पाध्यालाई जिम्मा लगाईएको छ ।

थप जानकारीको लागि
प्र.ना.उ राज कुमार के.सी.
सम्पर्क नं. ९८५६०-३५५१२
मिति : २०७६।०४।०८ गते