Print this page

गुठी विधेयककाे विरुद्ध माइतघरमा प्रदर्शन

काठमाडौं । सरकारले संसदमा पेश गरेको गुठि विधेयक विरुद्ध माइतीघर मण्डलामा प्रर्दशन भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको छ ।प्रदर्शनका क्रममा १० जना प्रदर्शनकारी प्रकाउ परेका छन । गुठी संरक्षणले सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए। गुठी विधेयक विरुद्ध आन्दोलनमा उत्रेका प्रर्दशकारीमाथि प्रहरीले लठ्ठी चार्ज पानीका फोहोरा प्रहार गरेको छ।

विधेयकका विरुद्धमा नेवा देय: दबूका अध्यक्ष नरेशकुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन लगायत नेवार समुदायका अगुवाहरुले प्रर्दशन गरेका हुन्।