कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीको आकस्मीक बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा विहिबार बसेको बैठकले नेकपा केन्द्रिय सदस्य एवम संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननिय रविन्द्र अधिकारीे सहित मृत्यु भएका सात जना प्रति गहिरो समवेदना ब्यक्त गरेको छ ।
बैठकले पर्यटनमन्त्री अधिकारीको पार्थिव शरिरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखि श्रद्धाञ्जली दिने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले जनाएका छन् ।
मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रममा पार्टीका तर्फबाट स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको जनाएका छन् ।
बैठकले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने,१९ गते गण्डकी प्रदेशका सबै जिल्लाहरुमा शोक सभा गर्ने,१३ दिन भित्रमा सबै स्थानिय तहमा शोक सभाहरु गर्ने निर्णय गरेको छ।