Print this page

त्रिविका सहायक डिन साह माथि कालोमोसो

काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्यनरत छात्रा माथि यौन दुव्र्यबहार गरेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले सहायक डिन साहलाई कालो मोसो दलेका हुन् ।

शिक्षा शास्त्र शाखाका संकायको डिन कार्यालय अन्तरगत सम्बन्ध शाखामा कार्यरत सहायक डिन साहले नेपाल बैंक शाखा किर्तिपुर जाने बेला जबरजस्ती करणी गर्ने उद्धेश्यले सम्बेदनसिल अंगमा छुनुका साथै हातपात गरेको पीडित छात्राले जनाएकी छिन् । उनले साहलाई कानूनी रुपमा कार्बाहीको माग गर्दै उपकुलपतिको कार्यालय र शिक्षाध्यक्षको कार्यालयमा निवेदन दिएकी छिन् ।