Print this page

कक्षा १२ को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत बैशाख महीनामा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए।पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको बोर्डले कक्षा १२ का सबै समूहको नतिजा एकैपटक पनि यसै वर्ष प्रकाशित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका उप-नियन्त्रक जयन्ती सत्यालले नतिजा भर्खरै प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेकाले केही बेरमा अनलाइन हेर्न सकिने जानकारी दिइन् ।नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ। १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन्। आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन्।