Print this page

डा. केसीको मागप्रति सरकार संवेदनशील : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, असार २७ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेकी छन् ।बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार डा. केसीको मागप्रति संवेदनशील रहेको बताइन् ।डा. केसीका मागहरुमाथि सूक्ष्म विश्लेषण गरी छलफल गरिने मन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले लोकतन्त्रमा हठले नभइ आपसी छलफलबाट समाधान खोज्नुपर्ने बताए ।यस्तै, नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको सधैं आफूमात्रै ठीक भन्ने सोच अधिनायकवाद भएको आरोप लगाए ।