प्रहरी हिरासतमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको छ ।सिंहदरबार प्रहरी वृत्तका अनुसार केसीको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।आज सर्वोच्च अदालतमा बयान दिने क्रममा पनि डा केसीले आफूलाई मुटुको धडकन असामान्य भएको महशुस भएको बताएका थिए ।
उनलाई आज अस्पतालमै राखिने भएको छ ।