Print this page

नेपालन्यूज डट कम बन्द

नेपालको पहिलो अनलाइन न्यूज पोर्टल नेपाल न्यूज डट कम बन्द हुने भएको छ । इन्टरनेट सर्भिस प्रोभाइडर मर्कन्टाइल कम्युनिकेशनले आर्थिक कारणले न्यूज पोर्टल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।नेपाल न्यूज डट कम सन् १९९८ देखि संचालनमा आएको थियो । मर्कन्टाइल कम्युनिकेशनका अध्यक्ष सञ्जीवराज भण्डारीले सूचना निकालेर अरु व्यापारबाट कमाएको पैसा पोर्टलमा लगानी गर्नुपर्ने अवस्थाका कारण बन्द गर्नुपरेको बताएका छन् ।

 

नेपाल न्यूज डट कम बन्द