Print this page

बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

सुनसरी पुस २५– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी कोचिला राज्य समितीले गरेको बन्दका कारण आज पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण पसल उद्योग, कलकारखाना, यातायातका साधन, शैक्षिक संस्था ठप्प भएका छन् । यातायातका साधनहरु नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । यद्यपी पूर्वका पहाडी जिल्लाहरुमा भने आंशिक रुपमा यातायातका साधनहरु चलेको जानकारी प्राप्त भएको छ ।

आगामी माघ ८मा जारी हुने संबिधान तत्काल बिघठन गरी राष्ट्रिय सभामाफृत जनसंविधान घोषणा गरीनुपर्ने , दोश्रो संबिधानसभा निर्वाचन वाहिष्कारको क्रममा लगाइएका झुटा आरोपहरु ततकाल हटाइनुपर्ने , जनआन्दोलनका घाइते , बेपत्ता परिवार तथा शहिदहरुको परिवारलाई पुर्णवासको ब्यवस्था मिलाइनुपर्ने , खाना पकाउने एलपी ग्यास लगायत दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव अन्त्य गरी सहज ढङ्गले उपलब्ध गराउने वेवस्था मिलाइनुपर्ने जस्ता मागहरु राख्दै माओवादीले आजका लागि एक दिने पूर्वाञ्चल बन्दको आहवान गरेको हो ।

बन्दको समयमा प्रेस , एम्बुलेन्स , सरकारी गाडी , दुधको गाडी , कुटनीतिक संस्थाको गाडी लगायत अति आवस्यकीय साधन भने निर्वाध रुपमा चल्न दिइएको छ ।