Print this page

नेपाल वायुसेवा ‘विश्वकै असुरक्षित’

काठमाडौं । नेपाल वायुसेवा निगम र तारा एयर हवार्इ सुरक्षाको दृस्टिले विश्वमै कमजोर देखिएका छन् । नेपाल वायुसेवा निगम नेपालको रास्टिय ध्वजाबाहक हो भने तारा एयर यति एयरलाइन्सको सहकायक कम्पनी हो ।

केही समयअघि उडान नै अयोग्य भनेर सिफारिस गरिएको जहाज 'सेटिङ'मा दर्ता गरेर बिक्रीमा राख्ने तारा एयर विश्वकै असुरक्षित विमान कम्पनीको रुपमा अन्तर्राष्ट्रिय एजेन्सीले सूचीकृत गरेको छ । अमेरिका मुख्यालय रहेको 'एयरलाइनरेटिङ्स डटकम' नामक नामक वेभसाइटले विश्वभर सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलाई विश्वकै असुरक्षित चार हवाई कम्पानीको सूचीमा समावेश गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत असुरक्षित हवाई कम्पनीको सूचीमा सूचीकृत भएको हो । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानले राम्रै विश्वास आर्जन गरे पनि दुर्घटनाबाटै सकिएको आन्तरिक उडान भर्ने जहाजका कारण नेपाल एयरलाइन्सको साख नराम्रोसँग गुम्नपुगेको छ । सो वेबसाइटले नेपालको तारा एयरलाई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुरक्षित हवाई कम्पनीको रुपमा दर्ज गरेको हो ।