स्विटजरल्याण्ड स्थित स्टाउफनमा गत ६ अक्टोवर आइतवारका दिन दशैँ कार्यक्रम सम्पन्न भएको छ । स्विस नेपाली समाज र एन आर एन स्विटजरल्याण्डको स्वामित्वमा आयोजन उक्त दशैँ कार्यक्रम आसन र भाषण बिना सम्पन्न भएको छ।
गत केहि बर्ष देखि दशैं कार्यक्रम स्विटजरल्याण्डमा कसैले आयोजना नगरेको र स्विसवासी नेपालीहरुको इच्छालाइ मध्यनजर राख्दै "एस एन एस र एन आर एन स्विटजरल्याण्ड मिलि गरेको हो । उक्त "दशैं कार्यक्रम"मा उपस्थित सबैलाई स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्तुल र एन आर एन स्विटजरल्याण्डका अध्यक्ष शिब सुब्बाले "बडादशैं"को शुभकामना दिएका थिय ।
कार्यक्रममा स्थानीय गायक नवराज घिमिरे र भ्वाइस अफ नेपालबाट परिचित गायक अनिश श्रेष्ठले केहि गित प्रस्तुत गरेका थिय । आसन र भाषण बिना चलेको उक्त कार्यक्रममा उपस्थित सबै एक आपसमा "बडादशैं"को शुभकामना आदानप्रदान गर्दै सरल, मनोरन्जनात्मक र आत्मीय अनुभूति गर्दै नाचेर मनाएका थिय ।
कार्यक्रमको ब्यबस्थापन शुक्र श्रेष्ठ र कमल भट्टले गरेका थिए । किचन ब्यबस्थापन स्विसमा चिरपरिचित दल पुनले गरेका थिय भने सहयोग शशि संकर यादवले गरेका थिय । दल पुनद्वारा तयार पारिएको नेपाली खानालाइ सबैले प्रशंसा गरेका थिय ।
स्विसवासी नेपालीहरुको इच्छालाइ मध्यनजर राख्दै स्विटजरल्याण्डमा कार्यक्रम गर्ने क्रममा अब आउँदो फेब्रुअरीमा "भिजिट नेपाल २०२०"को प्रचार गर्न एस एन एस र एन आर एन स्विटजरल्याण्डको आयोजनामा "स्नो फन" कार्यक्रम गर्ने भएको जानकारी एन आर एन स्विटजरल्याण्डका उपाध्यक्ष शुभा एल्मर लामा र एस एन एसको तर्फबाट कमल भट्टले गराएका छन् । कार्यक्रमका बिस्तृत जानकारी छिट्टै गराउने भएका छन् ।
फोटो : नवराज घिमिरे