Print this page

गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठको उमेद्वारी घोषणा

70354910 911973462505472 8102240617452535808 o

 

आउँदो अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौमा हुने गैर आवासीय नेपाली संघको नवौ महाधिवेशनमा बेल्जिमका अर्जुन कुमार श्रेष्ठले आइसीसीको उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।

अर्जुन कुमार श्रेष्ठले आठ बर्ष केन्दिय समितिमा बसेर काम गरे भने दुई कार्यकाल आइसीसी सदस्य रहेर काम गर्नुका साथ् साथै युरोप संयोजक र आइसीसी सचिव बनेर काम गर्दै आफ्नो सरल चरित्र र इमान्दारीता देखाउंदै कर्तब्यनिष्ठ अभियान्ताको रुपमा परिचित बनाउन सफल भएका छन् ।

गैर आवासीय नेपाली संघ दिन प्रति दिन राजनैतिक तर्फ धकेलिंदै गरेको अवस्थामा आफुले यस राजनीति खाल्डो भित्र फस्नबाट जोगाउनुका साथै गैर आवासीय नेपाली संघका बिभिन्न लक्ष्य प्राप्तिका लागि लागीपर्ने र यही लक्ष्य प्राप्ति नै एक मात्र गैर आवासीय नेपाली संघको उदेश्य हो भन्ने भनाइ श्रेष्ठले बताएका छन् ।

नेपाल सरकारको "भिजिट नेपाल २०२०" नारा लाइ सफल पार्न ८० देशहरुमा रहेका नेपालीहरुले झन्डै १०० सहरहरुमा साइकल र्याली या कार र्यालि गरि "भिजिट नेपाल २०२०" प्रबर्धन गर्ने कुरा भएको श्रेष्ठले बताएका छन् ।

१५ बर्ष प्रवासको बसाइमा श्रेष्ठले धेरैकुरा सिक्ने क्रममा महत्वपूर्ण बिषय १.- समयको पालना गर्न र अर्को २.- जुनै र जतिसुकै भएपनि कामलाइ महत्वपूर्ण दिई  कर्तब्यनिष्ठ निर्वाह गर्न सिकेको बताउंदै गैर आवासीय नेपाली संघमा पनि आफ्नो इमान्दारीता देखाउंदै कर्तब्यनिष्ठ काम गरेको र अझ आउँदा दिनहरुमा गर्ने बताएका छन् । वैदेशिक रोजगारीलाई मर्यादित र ब्यबस्थित बनाउनुका साथ् साथै मध्यपूर्वका श्रमिक मजदुरहरुको समस्या,बिकसित देशहरु युरोप लगाएत अमेरिका अष्ट्रेलियामा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न नेपाल सरकारसंग सहकार्य गर्ने कुरा पनि श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले गैर आवासीय नेपाली संघमा दिएको समय र कामलाइ मुल्यांकन गर्दै सबैको साथ र समर्थन रहने अपेक्षा राख्दै आइसीसी उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।