Print this page

एन आर एन ए स्वीट्जरल्याण्डको इतिहासमा पहिलो पटक अध्यक्ष पदमा शिव कुमार सुब्बा र आईसीसीमा भुमिराज गुरुङ निर्बिरोध

NRN-Switzerland

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको इतिहासमा पहिलो पटक अध्यक्ष पदमा शिव कुमार सुब्बा र आईसीसी सदस्य पदमा भुमिराज गुरुङ निर्बिरोध निर्बाचित हुने भएका छन्। अध्यक्ष र आइ सी सी लगाएत दुइ मध्य एक उपाध्याक्ष पदमा बासेलका सन्तोष राई र महासचिव पदमा बर्नका कुल प्रसाद शिवाकोटी गरि चार जनाको मात्र उमेद्वारी परेकोले निर्बिरोध निर्बाचित हुने भएको छ ।

54349894 2391121424231446 7863866075643904 n          29749957 1857966624227981 3228440432303504028 o

आईसीसी सदस्य पदमा भुमिराज गुरुङ                             अध्यक्ष पदमा शिव कुमार सुब्बा

गैर-आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको सुरुवात २००८ साल देखि अहिले सम्मको इतिहासमा शान्त प्रक्रिया र निर्बिरोध निर्वाचित अध्यक्ष र आइसीसी लगाएत गरि चार जनाको उमेद्वारी रहेको यो पहिलो पटक हुन आएको छ ।

गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्ड निर्वाचन समितिले जारी गरेको सूचना अनुसार उम्मेदवारी दर्ता १६ अगस्त शुक्रबार सॉझ १८:०० बजे सम्म रहेको थियो भने उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता १७ अगस्त शनिबार राति १२:०० बजे सम्म रहेको छ । मतदाता र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन १८ अगस्त आइतबार बिहान १०:०० बजे रहेको छ ।

गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको ११ औं साधारण सभा र छैंठौ राष्ट्रिय महाधिवेशन १८ अगष्ट २०१९ आईतबार बेर्नको Wittigkofen, Jupiterstr 15, 3015 मा बिहान ११ बजे हुने भएको छ । बिहान ११ बजे देखि सुरुहुने महाधिवेशनमा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराई र निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बन्ने भएका छन् ।