Print this page

एन आर एन ए स्विट्जरल्याण्डको महाधिवेशन बारे जानकारी

NRN-Switzerland

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको राष्ट्रिय महाधिवेशन १८ अगष्ट २०१९ मा हुँदै गरेको सम्पूर्ण स्विट्जरल्याण्डबासी नेपाली जन समुदायहरुमा जानकारी गराउंछौँ ।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको ११ औं साधारण सभा र छैंठौ राष्ट्रिय महाधिवेशन १८ अगष्ट २०१९ आईतबारको दिन बेर्नमा हुने भएको छ। बिहान ११ बजे देखि सुरुहुने महाधिवेशनमा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराई आउने भएका छन्। यस्तै निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बन्ने भएको छ। कार्यक्रममा उपस्थित भईदिनु हुन स्विट्जरल्याण्ड बासी नेपाली जन समुदायहरुमा एनआरएनए स्विट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछ।

मितिः १८ अगस्ट २०१९
स्थानः Wittigkofen, Jupiterstr 15, 3015 Bern
समयः बिहान ११ बजे
कार्यक्रममा खानाको लागि (म:म) को व्यवस्था गरिएको छ। म:म को भन्ने शुल्क लाग्ने छ।
बेर्न निवासी किरण गुरुङ र नवराज घिमिरेबाट सफ्ट ड्रिंक्सको निशुल्क व्यबस्था हुनेछ।