शिव कुमार सुब्बा ( तुम्बाहाङ्गफे)
अध्यक्ष (उम्मेदवार)
'' समावेशिता, पारदर्शिता, ईमान्दारिता र क्रियाशिल्ता '' मेरो प्रण - शिव कुमार सुब्बा ( गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा !!
आदर्णीय स्विस वासी दिदी बहिनी तथा दाजुभाईहरुमा म शिव कुमार सुब्बाको हार्दिक अभिवादन छ ! आगामी अगस्ट १८ तारिख २०१९ मा सम्पन हुन गइरहेको गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको मतदानमा अध्यक्ष पदको लागी उम्मेदवारी घोषणा गर्न चाहन्छु ! यस अवसरमा मलाई खुसी लागेको छ ! म २३ वर्स देखी स्विसको बर्न (Bern) शहरमा स-परिवार बसोबास गर्दै आएको छु !
बेर्न (Bern) को नेपाली संस्था NESCOF को स्थापना काल २००८ देखि नै म विभिन्न कार्यकारी पदमा आवद्ध भै र हाल गैर आवासीय नेपाली संघ स्विसको उपाध्क्ष पदमा रहि काम गरिरहेको यहाँहरूलाई अवगत गराउन पाउंदा खुशी लागेको छ ! यी संघ संस्थाहरू मार्फत कृयाशील भई सहकार्य एवं समन्वय गर्दै स्विसमा विभिन्न सरकारी, संघ, संस्था एंव विभिन्न क्षेत्रमा कार्य तथा सहयोग गर्दै आएको पनि अवगत गराउन चाहन्छु ! नेपालमा सवारी दुर्घटनामा एंव यसबाट हुने क्षति न्युनिकरण गर्न गैर आ. ने. स. ले सडक सुरक्षा सम्बन्धि गठन भएको उप-समितिमा पनि सदस्य भई सकृयताका साथ काम गर्न पाँउदा थप उर्जा मिलेको छ ! आगामी दिनहरूमा पनि बिभिन्न देश लगाएत स्विस स्थित नेपाली संघ संस्था र समाजमा रहेका नेपाली दिदी बहिनी र दाजुभाईहरुको साथ लिई हातेमेलो गर्दै आफ्नो बुद्धि विवेक र क्षमतालाई उपयोग गर्दै सक्दो सेवा गर्ने प्रण गर्दछु !
माथि उल्लेखित समावेशिता, पारदर्शिता, इमान्दारीता र कृयाशिल्ता मेरो मुल एजेण्डा हो ! यस एजेण्डालाई सर्वोपरिराखी सबै तह र तप्का र सानो ठूलो लाई संलगन गराई संघलाई प्रभावकारी एवं कृयाशिल बनाउन प्रयत्न गर्ने छु ! साथै यो मेरो बुझाई पनि हो ! यस् अवधारणा अनुरूप सामाजिक जिवनको सवै पक्षलाई एकिकृत सबैलाई समावेश गराई एक आपसमा मन्थन र विचारविमर्श गर्दै अगाडी बढने मेरो लक्ष हो ! विशेषत : नेपाल सरकारले २०२० को वर्षलाई ' भिजिट नेपाल ' वर्षको रूपमा लिएको महान अभियानलाई सफल पार्न यस गैर आवासीय नेपाली संघ स्विसले पनि एक्यवद्धता गराउँदै सकृयताका साथ प्रचार प्रसार एवं पर्यटन प्रवर्दधनका कार्यक्रमहरू आयोजना गरी महान अभियानमा सरिक भई संघको क्षेत्रबाट सक्दो सहयोग एंव सहकार्य गर्ने पतिवद्धता जनाउन चाहन्छु ! गैर आवासीय नेपाली नागरीकता दिने सम्बन्धमा देखिएको केही व्यवधानमा पुनविचार गर्न आग्रह नेपाल सरकारलाई रहनेछ ! सैदव यहाँहरूको अमूल्य सल्लाह, सुझावलाई मनन गरि संधको र यहाँहरूको हितलाई शिरोभर राखि आफ्नो क्षमता, साधन श्रोत एंव वुद्धि विवेकले काम गर्दै जाने छु ! म कुरा र, भाषणमा भन्दा कर्ममा विस्वास गर्दछु ! अन्तमा यस संघको प्रगतिको लागी कार्य योजना बनाइ इमान्दारीता, पारदर्शिता, समावेसिता र कृयाशिल्ता नारालाई व्यवहारामा परिणत गर्ने प्रण एंव अढोर जाहेर गर्दै आगामी १८ अगस्ट २०१९ का दिन यहाँहरू सबै उपस्थित भै यहाँहरूको अमुल्य मत मलाई प्रदान गरि विजयी बनाई दिन हुन हार्दिक अनुरोध गर्दछु !
शिव कुमार सुब्बा ( तुम्बाहाङ्गफे)
अध्यक्ष (उम्मेदवार)