नोभेम्बर १२ , बेल्जियम । नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षमा बाबु राजा लामा तामांग चक्रीय प्रणाली अन्तरगत निर्बाचित भएका छन् । हिजो महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको बिशेष उपस्थितिमा लुभेन बेल्जियममा सम्पन दोश्रो अधिबेशनबाट उनि निर्बिरोध चयन भएका हुन् ।
प्रमुख अतिथी बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत लोक बहादुर थापा रहेका सो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मुना राई ,उपाध्यक्ष , यमुना रोका मगर , होम बहादुर गुरुङ , डिल्ली सुब्बा र सुर्य नारायण श्रेष्ठ चयन भएका छन् भने महासचिबमा नन्द राज घले ,सचिबमा , कान्छा शेर्पा छ्न । केही सचिब र कोषाध्यक्ष भने पछी चयन गर्ने पनि अधिबेशनले गरेको छ । त्यसैगरी महासंघमा आबद्ध मात्री सस्थाहरुबाट पदेन सदस्यहरू आंग दोर्जी सोनाम शेर्पा , भिम जोशी , सोमनाथ थारु थनेत , लोक राना मगर , रामा लामा तामांग ,बिमल सुब्बा ,जिबन तमु ,बिष्णुतारा शेरचन रहेका छन । अन्य सदस्यहरूमा दिलु पुन, मिङ्ग्मा लामा शेर्पा , राजु थापा मगर , निमा रुम्बा तामाङ्ग, इन्दिरा चाम्लिङ्ग, चित्र जंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु - कविन्द्र र प्रेमा शेर्पा (मनु) रहेका छन् ।
उदाघाटन सत्र निबर्तमान अध्यक्ष पेम्बा गेल्बु शेर्पाको अध्यक्षतामा भएको सो अधिबेशेनमा उपस्थित सबैलाई दुर्गा गुरुंगले स्वागत गरेकी थिईन। उदघाटन सत्रलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद् सचिब जानकी गुरुङ ,एन आर एन ए बेल्जियम बरिष्ठ उपाध्यक्ष गोबिन्द अधिकारी , नेपाली कांग्रेस युरोपका महामन्त्री गंगाधर गौतम , शेर्पा किदुक यूरोपका अध्यक्ष फुला शेर्पा , बोधराज पौडेल ,जित लामा , नेत्र मगर ,सिता सापकोटा , सुबाश गुरुङ्ग , दिपेन्द्र केसी लगायतले समेत अधिबेशन सफलताको लागि मन्तब्य पेश गरेका थिए ।