Print this page

एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम आयोजना

41840621 250648095641855 8371621120876478464 n

-लेगोस , नाइजेरिया ।
गैर आबासिय नेपाली संघ , नाइजेरिया द्वारा आज नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष जनक बिष्ट , उपाध्यक्ष बिरेन्द्र गुप्ता , महासचिव रोशन थापा , कोषाधक्षय रोहित भाङ्गर सचिब अभिषेक सिंह , प्रकाश अर्याल , आस्मा खडका ,भरत रिजाल , सुकमल सरकार ,चन्द्र घिमिरे, शंकर बर्मा ,सागर सिंह, सन्दीप रावत , भिम थापा लगाएत ८३ जनाले रक्तदान गरेका थिए । नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी , युगान्डा लगाएत अन्य अफ़्रिकिन मुलुकमा एनआरएनएले रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराउनु भएको छ ।

41865075 893830524156514 4694340525145194496 n

41816476 1105097209642748 1671816900436295680 n