Print this page

स्विडेनको राजधानी स्टकहोल्ममा नेपाली राजदुताबासको राजदुत संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

41992186 673003996403468 8276054847250235392 n

-राज कुमार पाठक, स्विडेन।

गैर आवासीय नेपाली संघ स्वीडेनले १४ सेप्टेम्बर २०१८ का नेपाली राजदुताबासको कार्यलय डेनमार्क बाट राजदुत महामहिम श्री युबनाथ लम्साल ज्यू , उपनियोग प्रमुख श्री डोर नाथ अर्याल ज्यू का साथै महामहिम ज्यू को धर्मपत्नी श्रीमती हीरा लम्साल लाई स्वागत गरेको छ ।

गैर-आवासीय नेपाली संघ, स्वीडेनले १४ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदुताबासको कार्यालय डेनमार्कबाट पाल्नु भएका राजदुत महामहिम श्री युबनाथ लम्साल ज्यू, उपनियोग प्रमुख श्री डोरनाथ अर्याल ज्यूका साथै महामहिम ज्यू का धर्मपत्नी श्रीमती हिरा लम्साललाई स्वागत गरेको छ ।

प्रवासमा बस्दा नेपालीहरुले भोगेका समस्याहरु, नेपाल सरकारले नेपालीका लागि चाल्नु पर्ने कदमका साथै प्रवाशमा बस्ने नेपालीहरुले राजदुतबासबाट के के कुराको सहयोगको अपेक्षा गर्ने अनि राजदुताबासले प्रवासीहरुबाट के कुराको अपेक्षा गर्न चाहन्छ सो को बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

41984646 262860867896993 7858431056523821056 n

स्वीडेनको राजधानी स्टकहोलमको Kista träff मा आयोजना गरिएको कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको सभापतीत्वमा संचालन भएको कार्यक्रममा श्रेष्ठलेअथितिहरूलाई खादा ओडाएर स्वागत र सम्मान गरेका थिए ।

संघका सचिब राजकुमार पाठकले संचालन गरेको कार्यक्रममा उपस्थित प्रवासीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।नविन थपालिया, चिरन्जीवी खरेल, केशव प्याकुरेल , लक्ष्मी भण्डारी , शैलेश उपाध्याय , महेश केशि , साथै संथाका उपाघ्यक्ष टेक रोक्का, महासचिब दिनेश श्रेष्ठ, सचिव राज कुमार पाठक लगायतले ,राखेका आ-आफ्ना जिज्ञासाहरुलाई महामहिम युवनाथ लम्साल र उपनियोग प्रमुख डोरनाथ अर्याल ज्यू बाट अत्यन्तै सरल शैलीमा ब्याख्या गरी जिज्ञासु कर्ताका कौतुहलतालाई पुरा गरिदिनु भएको थियो ।

41880432 485620401918309 3275527825855086592 n

अन्तर्कृया कार्यक्रमका ,
प्रवासमा बस्दा नेपालीहरुले भोगेका समस्याहरु पासपोर्ट समस्या, आप्रबासी समस्या, बिद्यार्थीहरुको समस्या, घरेलु कामदारहरुको (Au pair) समस्या, दोहोरो नागरिकता ,नेपाली मुलका बिदेशी नागरिकले नेपालमा हुने /पाउने अधिकार तथा नेपालमा भएका आफ्ना सम्पत्तिका संरक्षण, नेपाल राजदुताबासले प्रबाशमा प्रबाशी नेपालीको हकहितका लागि चाल्नु पर्ने कदम , स्विडेन सरकारसँग कुटनैतिक सम्बन्ध बढाइ स्विडेनबाट पाउने सक्ने प्रतक्ष्य लाभ उपभोग गर्नु पर्ने सम्बन्धिमा जोड् दिनु पर्ने , स्विडेनमा नेपालका लागि पर्यटन प्रबर्धनमा राजदुताबासले खेल्नु पर्ने भूमिका तथा आबश्यक सहयोगको सम्बन्धमा तथा स्विडेन स्थित जनरल कन्सुलेटको नेपाली प्रतीको भूमिका तथा कर्तब्यको बारेमा जिज्ञासा राख्नुका साथै जनरल कन्सुलेट प्रती स्विडेनबाशी नेपाली समुदाय असन्तुष्ट रहेको जानकारी गराउने जस्ता कुराहरुमा बृहद छलफल गर्‍यो ।

गैर अवासिय नेपाली संघ स्विडेनको निमन्त्रणा अनि पहलमा स्विडेन बस्ने नेपाली समुदायको इतिहासमा औपचारीक रुपमा राजदुताबासबाट राजदुतले स्विडेनबासी नेपालीहरु सँग गरेको पहिलो पटकको साक्षात्कार अन्तरकृयामा सम्पुर्ण स्विडेनबासी नेपालीहरु हर्षित हुनुको साथै नेपाली राजदुतबासबाट भएको आगमनमा सहयोगको आशा पलाएको अनुभब गरे । साथै गैर आवसिय नेपाली संघ स्विडेनले स्विडेनबासी नेपालीहरुको हकहित लागि डेनमार्क स्थित राजदुतबास सँग गरेको पहलको महामहिम राजदूतले खुलेर प्रशंसा गर्नु भएको थियो । आउँदा दिनहरुमा गैर आवसिय नेपाली सँघ स्विडेनसँग स्विडेनबासी नेपालीहरुको हकहितका लागि सहकार्य गर्ने कुरा समेत महामहिम राजदुत लम्साल ज्यु ले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा सँघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उपस्थितीको लागि धन्यबाद तथा आभर प्रकट गर्नु भएको थियो भने
कार्यक्रमको अन्तमा राजदुत लम्साललाई अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो र सामुहिक फोटो खिचि कार्यक्रम समापन भएको थियो ।