-डिल्ली राम अम्माई /बेल्जियम
२००७ मा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय, एतिहाँसिक र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महिला मुक्ति आन्दोलनकी महान नेत्री स्वर्गीय सहाना प्रधानको उपस्थितिमा प्रवाशी नेपाली महिला मंच बेल्जियमको गठन आँफैमाएक अभुतपुर्व संयोग थियो। त्यो बेला तदर्थ समितिकी संस्थापक संयोजक चन्द्र कुमारी गुरुङ(ईशा गुरुङ ) भन्छिन,'हाम्रो लागिमात्र नभएर समस्त युरोपबासि नेपालीको लागि त्यो संयोग एउटा सौभाग्य नै भन्नु पर्छ। महिला मुक्ति आन्दोलनकाअन्तराष्ट्रिय अग्रज जेनी माक्र्स, क्रुप्सकाया, रोजा लक्जेम्वर्ग, अलेक्जान्ड्रो, क्लारा जेट्किन, इलेनर माक्र्स, नतासाको कर्मभूमिमा उहाँलाई बोलाएर उहाँकै प्रेरणाबाट प्रवाशी नेपाली महिला मंच बेल्जियमको गठन गर्न पाउदा नेपालको महिला मुक्तिअभियानलाई विश्व नारी मुक्ति अभियानसंग जोडेको अनुभब गरेका थियौँ। '
प्रवाशी नेपाली महिला मंच बेल्जियमको पहिलो अधिवेशन २०१०मा सम्पन्न गरेपछि उनीहरुले बेल्जियममा थुप्रै सामाजिक कार्यहरुमा सक्रियता देखाउदै आएका छन्। नेपालकी एक महिला टिका कुँवर बेल्जियमको जेलमा बस्दा उनीहरुकै अगुवाईमा उनलाईनिकाल्न आर्थिक, नैतिक र भौतिक रुपमा प्रवासी महिला मंचकै अगुवाइमा पहल भयो। उनीहरुको पहलमा ति महिला जेलबाट बाहिर निस्कन सफल समेत बनिन। त्यसपछि इलाममा आगोलागी हुदा होस् वा विश्व साइकल यात्री अमृत र अजित बरालबेल्जियम आउदा होस् उनीहरुले सक्दो आर्थिक सहयोग गरे।
समाजका अगुवाहरु स्विकार्छन ,'उनीहरुले आन्तरिक रुपमा बेल्जियमका यस्ता अनगिन्ति परोपकारी अभियानमा सबैको हात भन्दा माथि हात पुर्याएर , सबैको छाती भन्दा बिशाल छाती बनाएर सहयोग गरेका छन्। उत्पीडित महिलाहरुलाई सधै साथ् दिएकाछन् र स्वर्गीय नेत्री सहाना प्रधानको असल जनसेविका बनेर बर्गीय सेवा गरिरहने निर्देशनलाई हरतरहले पालन गरिरहेका छन्।'
त्यो सन्दर्भमा कुरा गर्दा प्रवासी नेपाली मंचका युरोप प्रतिनिधि नारायण अधिकारी भन्छन , 'सामाजिक, राजनैतिक र मुलुक प्रतिको निष्ठाको सवालमा बेल्जियमका महिला कामरेडहरुको भूमिका धेरै माथिल्लो स्तरमा रहेको छ । उहाँहरुले महिला मुक्तिआन्दोलनको सवालमा मात्र नभएर विश्व सर्वहारा मुक्तिको लागि आफूलाई सक्दो रूपले समर्पण गर्नु भएको छ ।"
हाल त्यो संगठनको नेतृत्व झुना निरौलाले गरिरहेकी छन्। उनि कम्युनिस्ट आन्दोलनको एक जुझारु नेत्री पनि हुन्। उनकै नेतृत्वमा आस्थाकी धरोहर तथा नेपाल कम्युनिष्टका संस्थापक पुस्पलालकी धर्मपत्नी स्वर्गीय साहना प्रधानको नाममा खोलिएकोसाहना प्रधान स्मृति प्रतिष्ठानको नाममा असहाय महिलाको लागि ५ लाखको अक्षयकोष खोलिएको छ। त्यसको लागि ५ लाखको सहयोगराशि प्रवाशी नेपाली महिला मंच बेल्जियमको नेतृत्वमा भर्खरै प्रतिष्ठानलाई उपलब्ध गराइएको हो।
अन्य सहयोगको बारेमा चासो राख्दा अध्यक्ष निरौलाले थपिन,'सहयोगको कुरामा एनआरएन र प्रयटन बोर्डको आयोजनामा हुने विभिन्न मेलाहरुमा हाम्रो निरन्तर सहयोग छ। प्रवासी नेपाली मंच र महिला मंचको सहकार्यमा इलामको आगोलागी, बाढीपहिरो,ब्लड मणि संकलन, मृघौला पिडित क्यान्सर पिडित लगायतलाई सहयोग गर्दै आएका छौँ। बेल्जियमबाट प्रयटन प्रवर्धनको लागि पत्रकारहरु नेपाल जाँदा समेत हामीले सहयोग गरेका छौँ। '
'२०१६मा नेपालमा गएको भुकम्प पिडितको लागि समेत प्रवासी नेपाली महिला मंचले राम्रै आर्थिक सहयोग उठाएर तात्कालिक एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङलाई हस्तान्तरण गरेको' कुरा समेत उनले स्मरण गराइन।
उनीहरुको बेल्जियममा सक्रियता प्रसंशायोग्य छ। उनीहरुकै समुहकी नेत्री शरु चापागाईं,दुर्गा गुरुङ हरि भट्टराइ लगायत एनआरएनए देखि जातिय तथा सामाजिक संस्थामा समेत नेतृत्वदायी भूमिकामा छन्।
उनीहरु भन्दै छन् "अब हुने प्रगतिशील महिला मंच र प्रवासी महिला मंचको एकताले संगठन अझ ससक्त हुदै छ। हामीहरु अझ निर्णायक हुने अवस्था त्यो एकताले सृजना गर्ने छ। '