गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० शनिवारको दिन १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ ।
उद्देश्य "प्रगतिको लागि अवाज "(motto : Press For Progress ) रहेको उक्त कार्यक्रम महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्व रहेको छ । लामाको अनुसार यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै केहि परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी गराएकी छिन् ।
उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , नारि समाज पोर्तुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल त्यस्तै नारि समाज पोर्तुगलकी महासचिब मिना खरेलको विशेष अतिथि रहने छ ।
सांस्कृतिक कार्यक्रम र उपस्थितिहरुलाई खानाको ब्यबस्था रहेको उक्त कार्यक्रममा प्रवेश शुल्क निशुल्क राखिएता पनि खानाको २० फ्र्यांक र बिद्यार्थी तथा १६ बर्ष मुनिका लागि १० फ्रान्क गरिने भएको छ ।
बिस्तृत जानकारी यस प्रकार रहेको छ ।