Print this page

डिसीमा प्रख्यात चित्रकार सुबोध घिमिरेको "कल्पनामा शान्ति " नामक एकल चित्रकला प्रदर्शन सुरु

विजय थापा ,नेपाल काठमाडौँ घर भै नेपाल प्रहरी "सत्य , सेवा , सुरक्षा " सेवामा २८ बर्ष काम गरि निवृति लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिका मा नै आएर  बनाएका चित्रहरुको ” एकल चित्रकला प्रदर्शन ” गरेका छन् l 
 
गत जनवरी ५ शुक्रबारका दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिख सम्म चल्ने छ l कलाकार घिमिरेले ” पिस इन एब्सट्राकसन् ” अर्थात् “कल्पनामा शान्ति ” नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरीमा राखिएको छ l उनि लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ l 
 
कलाकार घिमिरेले अमेरिकामा चित्रकला प्रदर्शन गर्न कुनै पनि कलाकारको ईक्षा हुन्छ र मैले पनि यो ठूलो बिशाल देशमा अवसर पाएकोमा गर्व गर्छु घिमिरेले भने l यसको साथै उनले यसलाई नै पेशाको रुपमा लाने प्रतिबद्धता जाहेर गरेका छन् l अमेरिकामा यसरी चित्रकला लाई नेपाल बाट आएर पेशाको रुपमा बनाउनु  ठूलो अर्थ राख्दछ l 
 
 
उनले प्रदर्शनमा राखिएका सवै चित्रहरु अमेरिका मा बनाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् l उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलर देखि २७ सय डलर सम्म मूल्यका रहेका छन् l 
 
कलाकार घिमिरेले चित्रकला लाई नै पेशामा लाने बताउदै आफूलाई पारिवारिक सहयोग समेत रहेकोले अमेरिकामा काम गर्नु नपरेको बताए l यस पेशामा रहेका सबैलाई हौशला दिदै आफूले सहयोग र सल्लाह समेत दिने बताए l
subodh 3
 
उक्त चित्रकला प्रदर्शनमा बिदेशी लगायत नेपाली समूदायको उपस्थिति रहेको थियो l सहभागी सवैले अमेरिका जस्तो देशमा यसरी नेपाल र नेपालीको नाम राख्नु ठुलो कुरो बताए l 
 
चित्रकार घिमिरे सानै उमेर देखि चित्रकला विधामा लागेका हुन् भने उनले ९ बर्षको उमेरमा अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा बिजयी भएका थिए l
 
उनले नेपाल बाहेक फ्रान्स को पेरिस तथा लियोनमा सफलता पूर्वक आफ्ना चित्रकला प्रदर्शन गरि सकेका छन् l कलाकार घिमिरे द्वन्द समाधानका उच्च श्रेणीमा बिशेष योग्यता हासिल गरेका छन् भने जस्को माध्यम द्वारा कलाकारहरुले कसरी आफ्ना बिचारहरु द्वन्द अवधि तथा द्वन्द समाप्त पछि चित्रण गर्छन भन्ने कुरामा जोड दिदै ” प्रदर्शन को मुख्य शीर्षक नै ” कल्पनामा शान्ति ” भन्ने राखेका छन् l
 
फ्रान्समा भएको घिमिरेको प्रदर्शनमा ७० प्रतिसत चित्रकला बिक्रि भएका थिए l उनको अमेरिकामा यो पहिलो एकल प्रदर्शन हो l
subodh 6