स्विटजरल्याण्ड सरकारले बिगत देखि नै स्विटजरल्याण्ड भित्र हुने नागरिक गतिविधिको निगरानी गर्ने गरेको भए पनि त्यो स्तर हालका वर्षहरुमा उल्यख्य रुपमा वृद्धि भएको एक तथ्यांकले देखाएको छ l
रिपोर्टमा उल्लेख भए अनुसार स्विटजरल्याण्ड भित्र हुने हरेक "संकास्पद" गतिबिधि लाइ निगरानी गरिएको छ l तपाइँले गरेको टेलिफोन सरकारी अधिकारिहरुले सुन्न सक्छन,तपाइँकोमा आएको चिट्ठीलाइ खोलेर हेरिन सक्छ,तपाइँको इमेलहरु तपाइको आउनु भन्दा पहिले नै फिल्टर भैसकेका हुन्छन भने तपाइको एसएमएस समेत सरकारी स्तरबाट निगरानी गरिएको हुने एक तथ्यांक बाहिर आएको छ l केहि अधिकारबादी संस्थाहरुले सरकारको उक्त कदमको बिरोध गरे पनि सरकारले यो कदमको बचाउ गर्दै उक्त कार्यलाई नियम संगत भएको बताएका छन् l
(द्रश्य -२० मिनेट.सी एच)
बिगतका वर्षहरुको तुलनामा सन् २०१३ मा सबै भन्दा धेरै निगरानी गरिएको थियो l सन् २०१३ मा मात्र १६००० भन्दा बढी संख्यामा निगरानी गरिएको थियो l गएको बर्ष सन् २०१४ मा मात्र ३५०० त्येस्ता संकास्पद टेलिफोन कुराकानी सरकारी संयन्त्र बाट सुनिनुका साथै १४००० बढीको संख्यामा चिट्ठी पत्र र इन्टरनेट माथि निगरानी गरिएको थियोl चिट्ठीपत्र माथि हुने निगरानी भन्नाले तपाइकोमा आउने संकास्पद/संका लागेको खण्डमा चिट्ठीहरु तपाइकोमा आउनु पूर्व नै सम्बन्धित अधिकारिकोमा पुग्ने र त्यहा उक्त चिट्ठीहरु खोलेर अनुसन्धान गरिने बुझिन्छ भने इन्टरनेटमाथिको अन्य निगरानी सामान्य मानिए पनि तपाइको इमेल,च्याट गर्दा गरिने कुराकानी र तपाइको आइपीबाट तपाइले भिजिट गरेको साइट,गोगलमा सर्च गरेको तथ्यांक हेर्नुलाइ व्यक्तिगत स्वतन्त्रता बिरोधि भनेर केहि अधिकार कर्मीहरुले आवाज उठाएका छन् l
"स्विस लफुल इन्टरसेप्सन रिपोर्ट" नाम दिइएको उक्त रिपोर्ट मा उल्लेख भए अनुसार संख्यात्मक रुपमा सबै भन्दा धेरै क्यानटोन जुरिचमा यस्ता निगरानी गरिएको छ भने जेनेभा,वाद,तेसिन लगाएतका क्यानटोनहरु त्यस पछि रहेका छन् l