Print this page

तीन उपाधिसहित म्यानचेस्टर सिटीको कीर्तिमान

city

काठमाडौं, जेठ ५ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले यो वर्षको एफए कप फुटबलको उपाधि पनि जितेको छ । अघिल्लो हप्तामात्रै लिगको उपधि जितेको म्यान सिटीले गएराति भएको खेलमा वाट्फोर्डलाई ६–० ले पराजित गर्दै उपाधि जितेको हो ।सिटीको जितमा राहिम स्टर्लिङले ह्याट्रिक गर्दा डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डे ब्रायनले एक–एक गोल गरे ।

वाट्फोर्ड विरुद्धको खेलमा ह्याट्रिक गरेका स्टर्लिङ सन् १९५३ पछि एफए कपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।यस्तै म्यान्चेस्टर सिटी फाइनलमा फराकिलो जित निकाल्ने क्लबसमेत बनेको छ ।

योसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।