Print this page

नव गायक तुलसी सिवाकोटीको "मुहार" नामक एल्बम बजारमा

बार्सिलोना। बार्सिलोना निवासी पछिल्लो समय निकै नै चर्चामा रहेका नव गायक तुलसी सिवाकोटी फेरी आफ्नो नयाँ गीत लिएर आएका छन । सिवाकोटीको अन्य गीतको लोकप्रियता सगै फेरी नयाँ गीत लिएर आउन हौसला प्राप्त भएको उनि बताउछन ।

स्पेनमा रहेर गायन क्षेत्रमा सक्रिय रहेका नवगायक शिवाकोटी "मुहार" नामक एल्बम लिएर स्रोतामाझ आएका हुन् । आफ्नो आमाबाट टाढा रहनु पर्दाको पिडा र विदेशमा रहँदा आउने आफ्नो देशको सम्झनालाई उनले भावनात्मक रुपमा प्रस्तुत गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार रोजी लाबुंग राइ तथा संगीतकार बिनोद बराइली रहेका छन । गंगाराम सापकोटाको निर्देशन रहेको उक्त म्यूजिक भिडियो उमारण क्रिएशनले ल्याएको हो ।

तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुलाई नेपाल आमाको माया दर्साउन खोजिएको छ । छोराछोरीको मायाले आमाले घर बोलाउँदा पनि बाध्यताले घर आउन नपाएको नेपालीहरुको पीडा समेटिएको शिवाकोटी बताउँछन् ।