Print this page

कानून नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारको निर्णय

aaaa1

मन्त्रिपरिषद्को आकस्मिक बैठकले कानून नबनेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।

बैठकले मागप्रति छानविन गर्न एक आयोग समेत गठन गरेको प्रधानमन्त्री नीजि सचिवालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

समितिले तयार पार्ने निर्णय कार्यान्वयन गर्ने समेत सरकारले प्रतिवद्धता जनाएको छ ।