Print this page

भद्रअवज्ञा आन्दोलनमा नाराबाजी !

मेडिकल क्षेत्र सुधारको माग राख्दै गान्धीबादी शैलीमा आमरण अनसनमा बसेका चिकित्सक गोविन्द केसी समर्थकहरूले एमाले नेता माधव नेपाल विरुद्ध हुलहुज्जतको शैलीमा नाराबाजी गरेका छन् ।

आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका नेता नेपाललाई बीच बाटोमै रोकेर उनीहरूले झण्डै आक्रमणको शैलीमा नाराबाजी गरेका हुन् । शान्तिपूर्ण रूपमा अनसनमा बसेको भनिएतापनि केसीका समर्थकले गरेको व्यवहारलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरूले अस्पताल पुगेका नेता नेपाललाई एमाले केसीको मागको विपक्षमा रहेको भन्दै उनीहरूले दुव्यर्वहार गर्न खोजेको बताइएको छ ।

यता सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको चिकित्सा क्षेत्र ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गरेर चिकित्साकर्मीहरू आन्दोलनमा उत्रँदा हजारौँ सेवाग्राहीहरू मर्कामा परेका छन्, कतिपय प्रशुती व्यथा लागेका विरामीहरू जीवन र मृत्युको दोसाँधमा छटपटाई रहँदा उनीहरू भने नाराबाजीमा उत्रिएका छन् ।

अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नपाईने कानूनी व्यवस्था छ । तर गैह्रकानूनी रूपमा चिकित्सकहरू सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

२४ सै घण्टा अनिवार्य खुल्ला राख्नुपर्ने अस्पताल सेवा आदी बन्द गर्दा त्यसबाट सेवाग्राहीलाई पर्न जाने असरप्रति चिकित्सकहरूले नजर अन्दाज गर्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।  

‘विपीको नाममा खोल्दा चुप मनमोहनको नाममा विरोध’
अस्पतालमा पुगे लगत्तै केसी समर्थक चिकित्सकहरूले चौतर्फी घेरेर नारबाजी गर्न थालेपछि नेता नेपालले झोक्किँदै अनसन प्रति विरोध नभएको बताएका थिए ।

उनले ‘विपीको नाममा अस्पताल मेडिकल कलेज खोल्दा समर्थन गर्ने, मनमोहनको नाममा नियतवस बिरोध गर्ने कुरा कसरी सैह्य हुन्छ’ भन्दै प्रतिप्रश्न गरेका थिए । नाराबाजीको बीचमै उनले ‘प्रक्रिया नपुगेका र मापदण्ड नपुगेकालाई सम्बन्धन दिनु हुदैन तर मनमोहनको नाममा नियोजित विरोध गर्न मिल्दैन’ भने ।