Print this page

अनशनको दशौं दिन, डा. केसीको बोली बस्न थाल्यो

चिकित्सा क्षेत्रमा भइरहेको वेथितिविरुद्ध अनशनरत् प्राध्यापक डा. गोविन्द केसीलाई बोल्न अप्ठ्यारो हुन थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. केसीले अनशन शुरु गरेको १० औं दिन, १७ चैतमा उनको बोली बस्न थालेको, सम्पूर्ण शरीरको दुखाई बढेको, रिंगाटा लाग्ने गरेको उनको उपचारमा संलग्न प्राडा दिव्यासिंह शाहले जानकारी दिइन् ।

अहिले डा. केसीलाई अक्सिजन दिइरहेको र उनको स्वास्थ्य गिर्दो अवस्थामा रहेकाले आकस्मिक उपचारका लागि तयार रहनुपर्ने पनि शाहले बताएकी छन् ।