Print this page

पोर्चुगल जाउंला ४० कटेसी कमाउंला !!

पोर्चुगल जाउंला ४० कटेसी कमाउंला !!

पल्लो गाउंको काऊरवोटे आशा राम दाई गाउं कै मेहनती र परिश्रमी मध्यका इमान्दार व्याक्ती हुन् । सानैमा झाप्रो (वासको घास ) काट्दा बाँसघारीबाट खसेर बाबुको देहवासन भयो । आशा राम दाई सानैमा टुहुरा भय , २ भाई १ वैनी र आमा ऊनी गरि ४ जनाको परिवारमा आमाले जेनतेन परिवार पाल्दै आएकि थिईन् ।एक दिन नदिले वगायर ल्यायका दाऊरा (बौरेठा ) छोप्न भदौरे भेलमा ऊनी नदिको किनारमा गयकी उनकी आमा देऊकुमारीलाई नदिले वगायो । अव आशा राम दाईलाई भाई वैनीको पालन पोषण गर्ने ज़िम्मा सवै ऊनको काधमा आयो ।वावुको देहवासन हुँदा ५ कक्षामा पढ्ने आसाराम दाईले पढाई पनि पांच वाट नै छोड़े ।अव त आमाको देहवासन भयपछी उनले आफ्नो भाई वैनीको लागी आमा वावुको भूमिका पालन पोषण देखी सवै उनको काँधमा आयो ।भर्खर १६ टेकेका आसाराम दाईले १३ वर्षको भाई र ११ वर्षको वहिनीलाई निमेक पर्म गरेर स्कुल पढाउंदै गए । गाउंमा आसाराम दाईको परिवारलाई सवैले माया गर्दथे । श्राद्ध रुद्री जाप्पाठमा सवैले आसाराम दाईका ३ भाई वैनीलाई वोलाउंदथे ।आसारामदाई, भाई, वैनी जान्थे सर-सहयोग गर्दथे र पेटभरी खाना खान्थे ।गाउंलेहरु सवैले आसाराम दाईलाई मायां गर्दथे।

उमेर वित्दै जांदा आसाराम दाईको विवाहको कुरा चल्यो। २२ वर्षीय आसाराम दाईलाई अली पर लामाघरे ठुला कान्छाकी एक्ली र टुहुरी छोरी संग सवैको सर सल्लाहमा विवाह गरिदीय। ठुला कान्छाले पनि छोरी संग उनले आफ्नो जायजेथा पनि दिने घोषणा गरे । दमको रोगी भएका ठुला कान्छाको छोरी, दियको १४ महीना पछी देहवासन भयो। यता आसाराम दाईले पनि भर्खर छोरो पाएको थिय ।ससुराको काजकृया गरेपछी उनले ससुरालीको जायजेथा लिय । अनि गाउं कै तरकारी समूहवाट १५ हजार पैसा ऋण गरि केही छिमेकीको जग्गा पनि भाडामा लियर आसाराम दाईले बेमौसमी तरकारी खेती गर्न थाले । भक्तपुर लोकल काक्रो मनिमेकर र लप्सी जातको टमाटर, टोकीनासे मुला, घिरौला, हरियो हुंदै वोट विरुवा हर्लक्क सप्रन थाले ।

आसाराम दाईले रातभरी पानी वोकेर नै पनि पानी र मलखादको कमि हुन दिएनन् । गाउंलेहरु पनि उनको काममा खुसी थिय। पिप्लेको चिया पसलमा गफ हुन थाल्यो ।आसारामले अव कमाऊने भयो ।दुख गरेको छ ।यो वर्ष कमाऊने भयो ।अव गाउँ मै केही गर्ने भयो भनेर सवैले हर्ष मान्न थाले । काँक्रा फल्न थाले, करेला घिंरौँला पनि फल्न थाले ।लौ वजारमा त घिंरौँला ६० रुपैयाँ किलो विक्दछ रे। काँक्रा तराईवाट आयको छैन ।अझ सम्म ३५ रुपैयाँमा पसलेले नै राख्दछन् रे भन्ने हल्ला आयो। वजार भाऊ पनि राम्रो नै थियो । अव आउने सनिवार उनले ७०/९० किलो काक्रो १०-१२ किलो घिंरौँला वजार लाने निधो गरे तर विहीवार घना पानी सहीत असीना आयो। असीना यती धेरै आयो कि रुखका पातहरु हाँगाहरु नै भाँचीदीने तवरले आयो । उनको तरकारी वारीमा केही पनि बाँकि रहेन ।सवै असिनाले खाईदीयो । यो असीनाले आसाराम दाई मात्र दुखी भएनन् सवै दुखी भय । तर आसाराम दाई हरेस खाएनन् । आसारामको कुरा पाखा थर लप्टन वाजेको छोरा विचारी कान्छाले पनि थाहा पाएछन् । एक दिन आसारामलाई वोलाए ।तिम्रो सवै दुख वुझे म के सहयोग गरौँ । आसारामले भनेछन् अव म पनि घास दाऊरा गर्न सक्दछु वहर, खन्यु ,झाप्रोको रुख ससुरालीको वाट आएको पाखो वारी छ, १/२ ओटा गाई पालेर दुध वेच्नेको कुरा सुनाए , उनको कुरालाई सवैले स्वीकार गरे ।

लामा गाँउ जिम्माल र रातामाटे गैर्है दाईको सहयोगमा विचारी कान्छाले दिएको सहुलियत ऋणमा ऊनले २ जर्सी गाई ल्याए । विहान ऊठेर गाईको स्याहार सुसार गर्ने अनि दुध वेच्न थाले ।ऊनको गाईको स्याहार सुसार र मेहेनतको अनुसार दुध वेच्न थाले ।विहान ८ लिटर वेलुकी ६ लिटर दैनीक वेच्न थाले । ५ महीना मै ऊनले एऊटा गाईको आधा पैसा फिर्ता गरिसके । अव संतोषको दिन आऊन थालेको आसारामलाई नेपालमा सुरु भयको जनयुद्द र नेपाल वन्दले आक्रान्त पार्न थाल्यो ।दुध लगेर वजार जाँदा नेपाल वन्द हिडेर वजार जाँदा ३/४ घन्टा लाग्ने घर दुध राखौं। "कहाँ राखौं "गाउँको डेरी आईसक्रीम वनाउंने सानो कारख़ाना पनि वन्द थियो ।वन्द पनि किन नहोस् दैनीक १८ घन्टा लोड सेडीङ्ग छ।

२०६२ चैत को १८/१९ तिर गाई अलि विरामी भय। १/२ दिन त विचार गरे तर गाईलाई खोरेत लागेछ ।आसाराम दाई भेटनरि गए ।भेटनरीका यादव सर तराई गएका रहेछन् । उनी चैत २८ मा आऊने रे भन्ने थाहा पाए। अव यता जनआन्दोलनको सुरु भयो। गाई विरामी भय। वाटो वन्द भेटनरीको यादव सर पनी आयनन्। रोगले गाई मरे। संगै आसारामको अन्तीम आस पनि त्यही खत्तम भयो ।

लेते गाउँको मित सालोंले आसारामलाई साऊदी लैजाने कुरा गरे ।अव ऊनी हार खाय । मित सालों जिरेले भनेझै ६० हजार ऋण गरेर ऊनी साऊदी गय । साऊदीको दमाममा ५०० रियलमा आवुद्रीया रोड कुवेत जाने रोडको एक पेट्रोल पम्पमा काम गर्न थाले । तलव अति न्युन थियो ।जन तन ऊनले गएको पैसा तिरे।२ वर्ष त्यहाँ वसेपछी ऊनी पुन नेपाल फर्कीय ।आशाराम दाईको आसा सवै निराशामा वदलियो तर हरेस खायनन् ।

गाउँको एक भाई युरोप गयर राम्रै पैसा कमायर कार्ड वनायर आयो । गाउँमा खाएको थाल पनि नमाज्ने भाई अहीले युरोपमा गयर कमाएको देख्दा एक पटक युरोप जाने रहर पलायो । जहां इछ्चा त्यहाँ ऊपाय ।भने झैँ ऊनलाई गाउँ कै एक एजेन्टले युरोप लैजाने भयो । तर ऊनले अरु आफै गर्नु पर्ने भएकाले गर्दा आसाराम दाईले गाउँको एक जनालाई सोधे । म त्यहाँ आउंदछु मलाई सहयोग गर्नु हुन्छ ? ति गाउँले ले जवाफ दिय, आसाराम दाई तपाई आऊनु भयो भने म एक दम सहयोग गर्दछु भन्ने आश्वासन पाऊनु भयो ।

गाउँ घरमा सर-सल्लाह गरेर ससुरालीवाट पाएको जग्गा श्रीमतीको सहमतिमा वेचेर एक जना भरपर्दो एजेन्ट मार्फत युरोप आउन योजना वनाऊनु भयो । आफैले चिनेको एक जना एजेन्ट मार्फत उहाँ स्पेन आऊने हुनु भयो । एजेन्ट पनि के कम उहाँलाई एउटा कम्पनी खडा गरेर कम्पनीको डाईरेक्टर वनाईदीयो । उहाँ अव स्पेनमा वाईन कसरी वन्दछ, वाईन ऊत्पादन र अंगुर फ़ार्म भ्रमण गरि नेपालमा त्यसरी नै उत्पादन वढाऊने आसयमा स्पेनको लागि भिषा अप्लाई गरे ।एजेन्टले सवै कागज पत्र वनाए भिषा लाग्यो । जव भिषा लागेपछी ऊनलाई एरपोर्टमा केरकार गरियो ।लौ फर्साद पर्यो। वाईन खान त के वाईन के हो भन्ने थाहा नभयको आसाराम दाई एरपोर्टवाट फर्कीय । यहाँ अर्को फर्साद पर्यो । तर एजेन्ट चिनेको र आफन्ती परेको हुँदा काठमाण्डौको एरपोर्टको अध्यागमनमा सेटीङ्ग मिलायर उनलाई उडाऊने निधो गरे ।तर एक लाख लाग्ने भयो । आसाराम दाईले एक लाख दिए। अनि १ हप्ता पछी ऊनी स्पेन आय। स्पेनको वार्सीलोनावाट उनी पोर्चुगलको लिजवन आए । लिजवनमा भएका चिनजानको दाजुभाईले उनलाई सहयोग गरे । २०१० को पहिलो महीना पोर्चुगल आएका आसाराम दाईले दुख जति पाए पनि कार्ड चै १५ महिना मै भयो । २०१०/२०११ मा १५ महीना मै कार्ड हुनु राम्रो कुरा हो । पोर्चुगलमा पनि आसाराम दाईले गर्नु दुख गरे ।महीनाको १५० युरोमा काम गर्दा गर्दै २०१६ सम्म आउंदा आसाराम दाईले तलव पनि ५८० सम्म कमाउन सक्ने भए ।श्रीमतीलाई पनि काम लगाए । दुख संघर्ष गरेर २०१८ को मध्य तिर आसाराम दाईले पासपोर्ट पाए । पासपोर्ट पाए संगै डेनमार्क गए ।२०१९ को सुरु देखी उनले डेनमार्कको एसीस्टेन्सी भन्ने कम्पनी मार्फत क्यान्टीनमा हेलपरको काम गर्न थाले ।त्यही कम्पनीवाट काममा जाँदै ऊनले मायर कम्पनी मार्फत ठुलो अफीसको क्यान्टीन् मा काम गर्न थाले । हप्ताको पांच दिन कान्टीन र वेलुकी ६ वजेवाट १० वजे सम्म रेस्टुरेन्टमा पार्ट टाएम काम गर्न थाले ।सनिवार आईतवार पनि एउटा जिम हलमा सरसफाईको काम गर्न थाले । अहीले उनले २ लाख ५० हजार महिनाको सवै खर्च कटायर वचाउंदछन् । ऊमेर ले ४२ वर्षीय आसाराम दाईको स-परिवार अहीले डेनमार्कको वसाईमा छन् ।श्रीमतीले पनि कोपन हेगनको एक होटलमा हाऊसकिपिङ्ग गर्न थालीसकेकी छिन् । छोरो पनि १८ टेक्यो । एरपोर्ट नजिकै सानो तिनो काम गर्दछ । गत महीनावाट ऊनले ४ लाखको दरले नेपाल पैसा पठाऊन थालेछन् ।आफ्नो पुरानो ऋण तिर्न थालेका छन् । ऊनको यो प्रगती संगै सवै जना छर-छिमेकी खुसी छन् ।

आज भोली कसैले फोन गरेर सोध्यो भने आसाराम दाईले भन्दछन् ४० वर्ष सम्म घुमौं , दुख गरौँ, रमाऔं अनि ४० काटेसी कमाऔं ।
ऊता काऊरवोटे गाउँ तिर त गितको वोल नै । पोर्चुगल (युरोप ) जाउँ पासपोर्ट वनाऔं अनि ४० कटेसी कमाऔं ।
आसाराम दाईको दुख मेहनत संघर्ष देख्दा हामी पनि यही भन्न मन लाग्यो पोर्चुगल जाऔ पासपोर्ट वनाऔं ४० कटेसी कमाऔं ।
जय होस् !!

 

18118736 1901092250109060 4319064654012809157 n

रमेस राज वास्तोला
लिजवन पोर्चुगल