Print this page

कारुणिक कर्णालीको समृद्धि सपना

prem bahadur shahi

-प्रेमबहादुर शाही
कर्णाली बब्द आफैमा एक पीडदायीक शब्द हो । कर्णाली शब्दमै वेदना छ । कर्णाली शब्दमै हृदय स्पर्शी भाव छ । कर्णाली शब्द सुन्ने नागरिकलाई यती पीडा हुन्छ, भने कर्णालीको पीडा भोग्नेलाई कति पीडा होला ? मानव इतिहासदेखि एक्काईसौंं शताब्दीसम्म आईपुग्दा मासिनहरु चन्द्रमामा बस्ति बसाल्न लागिरहेका छन, तर कर्णालीका नागरिकले अहिलेसम्म सरकार भएको अनुभूति पाएका छैनन् । केन्द्रीकृत शासन प्रणालीले काठमाण्डौबाट हेरेको दृष्टिले कर्णालीलाई कहिल्यै पनि निशाना लाउन सकेन ।

कर्णालीको परिर्वतको लागि भनेर वर्षौंसम्म योजना बनाईयो, अरवौं रुपैयाँ खर्च गरियो । राज्यले कर्णालीको कयापलट गर्ने सपना देख्यो त्यो सपना कर्णालीमा हैन शासकका मस्तिष्कमा बन्यो । कर्णालीको मानव सूचांकलाई माथि उठाउन काला मोसिले सेता काजगहरु कयौं भरिए । कर्णालीको समृद्धिको भनेर चिच्याईरहेका दृश्यहरु संचारमाध्यमले दिनहुँ देखाईरहे तर कर्णालीवासीले ती दृश्यहरु कहिल्यै अनुभूति गर्न पाएनन् । विरामी हुदा उपचार नपाई ओछ्यालमै छट्पट्टी÷छट्पटी आफ्न्त गुमाउनु परेको तीतो दृश्य अहिले पनि आफ्न्तको आँखा अगाडी जस्ताको तस्तै छ । नेपाली आमाका सन्तान नासाको वैज्ञानिक बनिरहदा कर्णालीका नागरिकहरुले आफ्नो नाम समेत लेख्न जानेनन् । काठमाण्डौमा कर्णाली महिलाहरुको परिर्वतको लागि भन्दै धुलो उडाउने साडी लगाईरहदा कर्णालीका महिला दिदिबहिनीहरुले च्यातिएर टालो हालेका कपडा लगाएर जीवन गुजारी चलाउछन । एउटै भूमिमा जन्मिएका केही मानिसहरु महलमा रमाईरहदा घाम लाग्दा सूर्यका किरण ओछ्यामा आईपुग्ने पानी पर्दा छानोबाट पानी चुई घरभित्र पानीको तालमा कर्णालीवासीले पौडी खेलिरहन्छन । सधै भोग, शोष र अभावमा पिल्सिरहेका कर्णालीको नागरिकहरुको मुक्तिको लागि जति सपना देखेपनि त्यो साकार हुन सकेको छैन । कर्णालीका दुई जिल्लामा सडक यातायातसँगको अहिलेसम्म कुनै साईनो जोडिएको छैन ।

विद्युतिकरण, सुविधा सम्पन्न अस्पताल नभएको यो कर्णालीलाई समाजिक आर्थिक, पर्यटन क्षेत्रको विकासमा पिछडिएको कर्णालीलाई समृद्ध बनाउन कठिन छ । दर्दनाक पीडा लुकाएर वसेका कर्णालीवासीहरुको लागि परिवर्तन गर्नको लागि चनचुने कुरा छैन । देश संघीय संरचना गएसँगै अव कर्णालीका आम नागरिकहरुले सरकार भएको अनुभूति गर्ने आश लिएका छन । त्यो आश पूरा हुने हो वा निराश हुने हो भन्नेमा कर्णालीवासीहरु अलमल्ल छन । अहिलेसम्म सरकारको कुनै अनुभूती नपाएका कर्णाली वासीहरुले संघीयता आएसँगै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार पाएका छन । तीन वटै सरकारले पनि आम कर्णालीका नागरिकलाई सरकार भएको अनुभूति दिन सक्छन वा सक्दैनन् त्यो भोलिका दिने देखाउने छ । कर्णालीको समृद्धिको लागि भनेर २०७५ साल साललाई पर्यटन वर्ष घोषणा गरिययो । जसलाई सुर्खेतदेखि रारातालको रेखाङ्कन गरिएको थियो । यसलाई बैशाखमा प्रधानमन्त्री केपी ‌ओलीले उद्घाटन गरिसकेका छन । संघीय नेपाल समृद्धिको पहिलो हमलाको विगुल फुकियो । कर्णाली प्रदेश शतप्रतिसत परनिर्भर प्रदेश हो । यहाँ कुनै कलकारखाना स्थापना भएका छैनन् । सवै कुराको अभावमा पिल्सिएको कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउ सरकारलाई निकै चुनौती छ । अन्य प्रदेशको हिसावले यो प्रदेश आर्थिक समृद्धि गर्नको लागि फलामको च्युरा चपाउन सरह छ ।

सवै प्रदेश भन्दा पहिला प्रदेश नम्बर ६ ले आफ्नो नाम कर्णाली प्रदेश घोषणाा भयो । यो आत्मगौरवको विषय हो । अव कर्णालीको समृद्धिको लागि सत्ता पक्षले मात्र नभएर प्रतिपक्षलाई पनि साथमा लिएर कर्णालीको विकासको लागि लाग्नु पर्दछ । संघीयतासँगै आएको विकेन्द्रीकृत शासन प्रणालीले सधै अभावमा छट्पटाई रहेका कर्णाली वासीका दुःख अव केही सदसम्म कम हुने कर्णालीवासीले अपेक्षा लिएका छन, जुन अपेक्षा यो सरकारले दिन सक्नु पर्दछ । केन्द्रीकृत शासन प्रर्णालीले कर्णालीलाई हानेको लात अव विकेन्द्रीकृत शासन प्रणालीले फिर्ता गर्ने छ । कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाई आम कर्णालीवासीको जीवनस्तर माथि उठाउन अझै सयौं वर्ष लाग्ने छ ।
लेखक ः– नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन